गृहपृष्ठ बालक अपहरण गर्ने तीन जना पक्राउ

बालक अपहरण गर्ने तीन जना पक्राउ

apharan_newskarobar

सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगन्जबाट मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगन्ज–६ का बद्री यादव, गौरीगन्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए ।

भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग १५ लाख फिरौती मागेका थिए । रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगन्जलाई खबर गरेका थियो । इलाका प्रहरी कार्यालय गौरीगन्जको पहलमा नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको छ । (रासस)

प्रकाशित समय ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु