गृहपृष्ठ सुनसरीमा प्रहरी कारबाहीमा एकजनाको मृत्यु
सुनसरीमा प्रहरी कारबाहीमा एकजनाको मृत्यु
सांकेतिक तस्बिर
सुनसरीको कोशी गाउँपालिकामा प्रहरी कारबाहीमा बुधबार राति एकजनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-७ मा हतियारधारी समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरीउपर फायरिङ भएपछि जवाफी कारबाहीमा एकजनाको मृत्यु भएको हो ।
प्रहरीले अवस्था नियन्त्रणमा लिन १० राउण्ड गोली चलाएको जनाएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार रातिको समयमा सुराकीका आधारमा सीमा क्षेत्रमा निगरानी बढाइको थियो । भारतबाट नेपाल प्रवेश गर्दै गरेको समूहलाई सोधपुछका क्रममा रोक्न खोज्दा प्रहरीमाथि गोली प्रहार भएपछि जवाफी कारबाही गरिएको सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।
प्रकाशित समय ०७:३८ बजे

















