गृहपृष्ठ अब सप्तरीबाट पानी जहाज चढ्नुस्, कलकत्तामा उत्रनुस् : प्रधानमन्त्री ओली

अब सप्तरीबाट पानी जहाज चढ्नुस्, कलकत्तामा उत्रनुस् : प्रधानमन्त्री ओली

‘कागजको डुंगो चलाउनेले अब के गर्लान् ?’

kp oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने बताएका छन् । जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने छ ।’

उनका अनुसार सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । विगतमा विरोध गर्नेको स्वर रेकर्डेड रहेको भन्दै उनले कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् भन्ने प्रश्न पनि गरे ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु