गृहपृष्ठ अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री

अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री

Pradip-gyawali-1-1024x683

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकारले छिमेकी मुलुक भारत, चीनलगायत देशसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताउनुभएको छ । रेसुंगा बहुमुखी क्याम्पस गुल्मीको ३६औँ वार्षिक उत्सवमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अहिले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाउँदै लगेको र लगानीका लागि महत्वपूर्ण विकास साझेदारसँग आग्रह गरिरहेको तथा सकारात्मक प्रतिक्रिया आएको बताए ।

समाज रुपान्तरण, राष्ट्र निर्माण जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उनले सामुदायिक विद्यालय र निजी विद्यालयबीचको दूरीलाई कम समान शिक्षा बनाउनेतर्फ सरकार लागेको बताए । देशलाई जस्तो खालको दक्ष जनशक्ति आवश्यक पर्छ सोहीअनुसारको शिक्षा दिनुपर्ने समय आएको उनको भनाइ छ । अहिले पनि ६० हजारभन्दा बढी बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेको र लाखौँ बालबालिका पढाइलाई बीचमै छोड्ने दर बढिरहेकाले त्यस्ता विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । (रासस)

प्रकाशित समय १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु