गृहपृष्ठ डा. केसी फेरि सुरू गर्ने भनेको अनसन स्थगित गरे
डा. केसी फेरि सुरू गर्ने भनेको अनसन स्थगित गरे
फाइल तस्बिर
शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले पुनः अनसन बस्ने भनेकामा बुधबार एक विज्ञप्ति जारी गर्दै पुस २५ गते सम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् ।
‘संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिका तर्फबाट हामीसित भएको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता गर्दै त्यसका लागि केही दिनको समय माग भएकाले,’ विज्ञप्तीमा भनिएको छ, ‘पौष २५ गतेसम्मका लागि सत्याग्रहको कार्यक्रम स्थगन गरेको घोषणा गर्दर्छौं ।’
प्रकाशित समय १६:५५ बजे

















