गृहपृष्ठ सशस्त्रका पूर्वएआईजी भट्टराईले भ्रष्टाचार गरेको ठहर, ९ महिना कैद
सशस्त्रका पूर्वएआईजी भट्टराईले भ्रष्टाचार गरेको ठहर, ९ महिना कैद
विशेष अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महिना कैद र ७९ लाख ८७ हजार २२५ रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको छ ।
न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार भट्टरार्ईलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो । अदालतको आदेशमा भट्टराईले पदमा हुँदा एक करोड २१ लाख ४९ हजार ६५६ बराबर सम्पत्तिको स्रोत उल्लेख नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ ।
अदालतले भट्टराईको कूल सम्पत्ति तीन करोड १७ लाख ६७ हजारमध्ये एक करोड २६ लाख ३० हजार २४९ रुपैयाँको स्रोत खुलेको सम्पत्ति भएको ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ९१ लाख ९६ हजार ३६ हजार ८८१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको दाबी गर्दै २०७३ मङ्सिर ८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रकाशित समय ०७:३३ बजे

















