गृहपृष्ठ प्रदेश दुईमा लोकसेवा विधेयक स्वीकृत

प्रदेश दुईमा लोकसेवा विधेयक स्वीकृत

प्रदेश दुई सरकारले कर्मचारीको स्थायी पदपूर्तिका लागि प्रक्रिया थालेको छ ।

संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयक स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेशसभामा दर्ता गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । त्यसैगरी प्रदेश सरकारले माघ १ गते मकरसक्रान्ति (माघी) पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस्तै मधेश आन्दोलनका शहीदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।(रासस)

प्रकाशित समय ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु