गृहपृष्ठ हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रणमा

हिजो साँझदेखि लागेको आगो बिहान ४ बजे नियन्त्रणमा

सांकेतिक तस्बिर ।

चन्द्रागिरि नगरपालिका–१६ सतुंगलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको छ ।

नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । दीपक कपास उद्योगबाट शुरु भएको आगो नजिकैकै आनन्द ट्रेड कन्सर्नमा पनि सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो ।

थानकोटस्थित महानगरी प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले उक्त आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । काठमाडौँ उपत्यकाका दमकलका साथै खानेपानीका ट्यांकरसमेत आगो नियन्त्रणका लागि प्रयोग गरिएका थिए ।

प्रकाशित समय १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु