गृहपृष्ठ ब्राजिलले आफ्नो दूतावास जेरुसेलममा सार्ने
ब्राजिलले आफ्नो दूतावास जेरुसेलममा सार्ने
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले इजरायलको जेरुसेलममा आफ्नो देशको दूतावास सार्ने तयारी गरेको बताएका छन् ।
एसबीटी टेलिभिजनलाई दिएको अन्तर्वातामा राष्ट्रपति जैर बोल्सोनारोले सो विषयमा निर्णय भइसकेको र अब कार्यान्वयनको चरणमा रहेको बताए । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यही जनवरी एक तारिखका दिन राष्ट्रपति बोल्सोनारोको सपथग्रहण समारोहमा सहभागी भएको केहीदिन पछि यस्तो निर्णय सार्वजनिक भएको हो ।
ब्राजिलका नयाँ राष्ट्रपति बोल्सोनारोको अमेरिका र इजरायलसँग राम्रो सम्बन्ध रहेको मानिन्छ । ब्राजिलको दूतावास जेरुसेलममा सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वदायी भूमीका रहेको मानिएको छ ।
जेरुसेलमलाई इजरायलको राजधानी मान्ने की नमान्ने भन्ने बारेमा विवाद नै रहेकाले ब्राजिलको दूतावास जेरुसेलममा सार्ने निर्णय विवादास्पद निर्णय हो ।
प्रकाशित समय ०८:३२ बजे

















