गृहपृष्ठ प्रभु साह भन्छन्- यात्रुले निर्धारित सुविधा पाउनुपर्छ

प्रभु साह भन्छन्- यात्रुले निर्धारित सुविधा पाउनुपर्छ

prabhu-sah-newskarobar फाइल तस्बिर

सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश-२ अध्यक्ष प्रभु साहले सार्वजनिक सवारी साधनमा निर्धारण गरिएको सुविधा सम्बन्धित पक्षले पाउनुपर्ने बताएका छन् ।

सार्वजनिक सवारी साधनमा विद्यार्थी, जेष्ठ नागरिक, महिला तथा अपांगका लागि विभिन्न सुविधा उपलब्ध हुने व्यवस्था छ । तर, यस्तो सुविधा सम्बन्धित पक्षले पाउन सकेका छैनन् । सोही सम्बन्धमा पूर्वमन्त्री समेत रहेका साहले तोकिएको सुविधा सम्बन्धित पक्षले पाउनु पर्नेमा जोड दिए ।

वि.सं. २०६३ मा महिला, अशक्त, जेष्ठ नागरिक तथा विद्यार्थीका लागि सार्वजनिक सवारी साधनमा विशेष व्यवस्था गरिएको थियो । तर, त्यस्तो व्यवस्था कागजमै सीमित भएको गुनासो आइरहेका छन् ।

यसरी गरिएको व्यवस्था काठमाडौं लगायतका सहरहरूमा लागू भएपनि अन्यत्र लागू हुन नसकेको गुनासो आइरहेका छन् ।

सोही सम्बन्धमा सार्वजनिक यातायातमा असक्त, जेष्ठ नागरिक तथा महिलाको आरक्षित सिट एवं भाडा छुटका लागि आयोजित विशेष कार्यक्रममा साहले समाजमा आदर सम्मान पाउनुपर्ने व्यक्तिहरू मधेसमा अपहेलित हुनुपरेको भन्दै दुःखेसो व्यक्त गरे ।

जनताको लागि निर्माण भएका कानुन पूर्णरूपमा जनताकै पक्षमा लागू हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित समय १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु