गृहपृष्ठ घुस लिएको आरोपमा मुद्दा दायर
घुस लिएको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा डिभिजन वन कार्यालय म्याग्दीको सबडिभिजन मङ्गलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठ कटानीसम्बन्धी मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग वन अधिकृत ठाकुरले ३३ हजार घूस लिएको आरोप लगाउँदै मुद्दा दायर गरेको आयोगले जनाएको छ । आयोगको पोखरा क्षेत्रीय कार्यालयबाट गएको टोलीले केही दिनपहिले अधिकृत ठाकुरलाई पक्राउ गरेको थियो ।
आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
रासस
प्रकाशित समय १९:२१ बजे

















