गृहपृष्ठ विराटनगरको पाञ्चालीमा शंकास्पद शव फेला

विराटनगरको पाञ्चालीमा शंकास्पद शव फेला

विराटनगर महानगर–११ पाञ्चालीस्थित आँप बगैंचामा एक ब्यक्तिको शव फेला परेको छ ।

पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको शव विराटनगर बखरीका हरीलाल रामको भएको प्रहरीले जानकारी दिएको छ । उनी निर्माण मजदुर भएको बुझिएको छ । मृतक रामको शवको पिठ्युमा रगत बगेको देखिएको छ ।

घटनाको प्रकृति हेर्दा हरिलालको हत्या गरेर झुण्ड्याइएको हुनसक्ने मृतकका आफन्तले दावी गरेका छन् । हरिलालले बखरी प्रहरीचौकी पछाडिपट्टी आफ्नो ६ धुर जग्गामा पक्की घर निर्माण गर्दै आएको र निर्माणस्थलमा राखिएको सामान चोर्न आउने व्यक्तिहरुले हत्या गरेको हुनसक्ने आफन्तले आशंका गरेका छन् । आँपको होचो रुखमा झुण्डिएको अवस्थामा फेलापरेको शव हात र खुट्टा रुखमा अडेस लागेको अवस्थामा भेटिएको छ ।

प्रहरीले शवको मुचुल्का गरी मंगलबार नै पोष्टमार्टमकालागि कोशी अञ्चल अस्पताल पठाएको छ ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु