गृहपृष्ठ रंगेलीका विपन्न मुसहर परिवारलाई सिरक वितरण
रंगेलीका विपन्न मुसहर परिवारलाई सिरक वितरण
चिसो बढसँगै मोरङको धनपालथान गाउँपालिका कदमाहास्थित मुसहर वस्तीका ७ दर्जन बढी विपन्न परिवारलाई सिरक वितरण गरिएको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय रंगेलीको समन्वयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले मंगलबार सिरक वितरण गरेका थिए । गोर धनदास कमलावती परोपकारी प्रतिष्ठान (विशाल ग्रुप) को सहयोगमा धनपालथान कदमाहा–७ स्थित मुसहर वस्तीका विपन्न ८८ परिवारलाई सिरक वितरण गरिएको हो ।
जाडोमा सिरक पाएपछि विपन्न परिवारले खुशी ब्यक्त गरेका छन् ।
प्रकाशित समय ०८:२० बजे

















