गृहपृष्ठ चिकित्सा पेशामा फर्किन्नँ- पूर्वराष्ट्रपति यादव

चिकित्सा पेशामा फर्किन्नँ- पूर्वराष्ट्रपति यादव

rambaran_yadav

पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफू चिकित्सा पेशामा नफर्कने स्पष्ट पारेका छन् । यसअघि उनी पुनः चिकिसा पेशामा फर्कने भनेर आएका समाचारको खण्डन गर्दै उनले उक्त समाचारमा सत्यता नभएको बताए ।

आफूले बोलेको कुरामा बढाई चढाई गरी पत्रकारले समाचार बनाएको भन्दै उनले असन्तुष्टि जनाउँदै भने, ‘जति बोलेको हो त्यति लेख्नुपर्छ नि !’ दाङको तुलसीपुर पुगेर डा. यादवले आफू ७७ वर्ष पूगीसकेको भन्दै पुनः उक्त पेशामा फर्कने सम्भावना नरहेको बताए । नाफामुलक स्वास्थ्य संस्थामा काम गर्न नमिल्ने एवं सरकारी स्वास्थ्य संस्थामा काम गर्न मिले पनि उमेरले नदिने उनको स्पष्टोक्ति थियो ।

प्रकाशित समय १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु