गृहपृष्ठ जनकपुरबाट ३ सय किलो अवैध मरिचसहित ६ जना पक्राउ

जनकपुरबाट ३ सय किलो अवैध मरिचसहित ६ जना पक्राउ

pakrau-arrest-newskarobar

जनकपुरधामबाट भारततर्फ मरिच तस्करी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । मोटरसाइकलमा तस्करी गरिरहेको १२ बोरा मरिचसहित धनुषाको नगराईन नगरपालिका-६ स्थित लगमा टोलबाट ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अवैध रुपमा मरिच तस्करी भइरहेको भन्ने खबर पाएर जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले लगमाबाट उनिहरुलाई तीन सय किलो मरिचसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मरिच तस्करी गर्दै गर्दा पक्राउ पर्नेहरुमा नगराईन नगरपालिका-१ का रजय यादव, लालु यादव, भारत मधुवनी घर भएका सुधीर यादव, मनिस कुमार महतो, राकेश महतो र सन्तोष राम रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका ६ वटा मोटरसाइकलसहित मरिच नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालाय पठाइएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिएका छन् ।

प्रहरीले जनकपुरबाट अवैध कपडा समेत फेला पारेको छ । राति शिवचौक हुँदै एक व्यक्तिले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कपडा प्रहरीलाई देखेपछि छाडेर भागेका थिए । ज ९ प ६६४९ नम्बरको मोटरसाइकलमा कपडा तस्करी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बरामद भएका कपडामा बच्चाको जिन्स पेन्ट १७४ थान, बच्चाको पेन्टी १०६८ थान र लेडीज सल १० थान भएको पोकासहित मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु