गृहपृष्ठ प्रहरी हवल्दारमाथि सप्तरीमा गोली प्रहार
प्रहरी हवल्दारमाथि सप्तरीमा गोली प्रहार
सप्तरीको खड्ग नगरपालिका–८ स्थित विसनपुरमा ड्युटीमा खटिएका एक प्रहरी हवल्दारमाथि बुधवार साँझ गोली प्रहार भएको छ ।
ड्युटीमा रहेका बेला प्रहरी हवल्दार महेन्द्र यादवमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । पिठ्युमा गोली लागी गम्भीर घाइते भएका यादवको विराटनगरस्थित न्युरो अस्पतालको आइसियुमा उपचार भइरहेको छ । घटनास्थलबाट प्रगतिशील तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रहरीको भनाइ छ ।
यसैबिच प्रगतिशील तराई मुक्ति मोर्चाका सैन्य प्रमुख बताउने निशान्तले सञ्चारमाध्ययममा फोन गरी आफूहरूको संगठनले कारबाही स्वरूप प्रहरीमाथि गोली हानेको भन्दै घटनाको जिम्मेवारी लिएका छन् ।
घटनापछि सप्तरीको सुरक्षा व्यवस्था कडा पारिएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:४६ बजे

















