गृहपृष्ठ मोटरसाइकलसहित डुबेको अवस्थामा शव फेला

मोटरसाइकलसहित डुबेको अवस्थामा शव फेला

death body and motercycle newskarobar

सुनसरीको दुहबीमा मोटरसाइकलसहित डुबेको अवस्थामा शव फेला परेको छ । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिँचाई नहरमा मोटरसाइकल सहित गढी गाउँपालिका-५ का ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको हो ।

को ३३ प २१९४ नम्बरको मोटरसाइकलसहित पानीमा डुबेको र माथिबाट मोटरसाइकलले थिचेको अवस्थामा शव फेला परेको छ । भेटिएको शव रातिको समयमा मापसे गरी अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मोटरसाइकल दुर्घटना भएर नहरमा पसेपछि मृतकको टाउको तल परेर माथिबाट मोटरसाईकलले थिचेपछि मृत्यु भएको दुर्घटनाको प्रकृतिबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु