गृहपृष्ठ सचिव कुट्ने मन्त्रीलाई कार्बाही माग गर्दै कर्मचारीहरु आन्दोलित

सचिव कुट्ने मन्त्रीलाई कार्बाही माग गर्दै कर्मचारीहरु आन्दोलित

karmachari_news

प्रदेश-२ का कर्मचारीहरु सचिव कुटने मन्त्रीलाई कार्बाहीको माग गर्दै आन्दोलित भएका छन् । कर्मचारीको आन्दोलनका कारण प्रदेशका सरकारी कार्यालयमा शुक्रबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म तीनघण्टा कामकाज प्रभावित भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सभामुखकै अगाडि आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झाको आरोप छ ।

आफूले सिफारिश गरेको एनजिओलाई कार्यक्रम दिन नाम सिफारिश नगरेको भन्दै आफूमाथि मन्त्री यादवले हातपात गरेको सचिवको दावि रहेको छ । सचिवमाथि कुटपिट गरेको भन्दै असुरक्षाको महसुस गर्दै कर्मचारीहरुले सोमबार प्रदेशका मुख्यमन्त्री र धनुषाका सिडियोमार्फत संघीय सरकारलाई समेत घटनाबारे जानकारी गराउँदै २४ घण्टे अल्टिमेटम दिँदै निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन धनुषा आन्दोलनमा उत्रेको छ ।

प्रदेश सरकार सचिवालय भित्रका सरकारी कार्यालय, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय जनकपुर, मालपोत कार्यालय, नापी कार्यालय लगायतका कार्यालयका कर्मचारीहरु शुक्रबार हातमा कालोपट्टी बाँधेर तीनघण्टा पेन डाउन गरेका थिए । कर्मचारीहरुको आन्दोलनको कारण सरकारी कार्यालयहरुमा गएका सेवाग्राही समस्यामा परेको छन् ।

कर्मचारीहरुले सांकेतिक रुपमा गर्दै आन्दोलनको अव दोश्रो चरणका विभिन्न आन्दोलनको कार्यक्रम सार्वजानिक गर्ने बताएका छन् ।

प्रकाशित समय १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु