गृहपृष्ठ मर्यादाक्रमप्रति निर्वाचन आयोग असन्तुष्ट
मर्यादाक्रमप्रति निर्वाचन आयोग असन्तुष्ट
सरकारले पछिल्लोपटक निर्धारण गरेको मर्यादाक्रमप्रति निर्वाचन आयोग असन्तुष्ट बनेको छ ।
आयोगको शुक्रबार बसेको बैठकले संवैधानिक निकायका प्रमुखलगत्तै आयुक्तहरुलाई राख्न माग गरेको छ । संवैधानिक परिषद्को सिफारिसबाट संसदीय सुनुवाई पार गर्दै राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीलाई मुख्यसचिव र प्रधानसेनापतिभन्दा धेरै पछाडि राखिनु गलत भएको आयोगको तर्क छ ।
संवैधानिक निकायका प्रमुखलाई मुख्यसचिव र प्रधानसेनापतिभन्दा माथि राखिए पनि अन्य सदस्य तथा आयुक्तलाई पछि राखिएकोमा राष्ट्रिय मानवअधिकार आयोग र लोकसेवा आयोगले यसअघिनै आपत्ति जनाइसकेका छन् ।
प्रकाशित समय ०८:५२ बजे

















