गृहपृष्ठ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नारायणग–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्यांकी नजिक शुक्रबार राति ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ बस्ने ४६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना८प ५५०६ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना८ख २२४९ नंको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहे पनि चालक भने फरार भएकाले निजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:०१ बजे

















