गृहपृष्ठ ट्रकले रोकिराखेको बसलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, ३ घाइते

ट्रकले रोकिराखेको बसलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, ३ घाइते

accident-newskarobar

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् ।

इलाम जाँदै गरेको बस सापट बिग्रेर ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा रोकिएको थियो । ना ४ ख ९७५४ नम्बरको बसलाई शनिबार बिहान २ बजे ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।

दुर्घटनामा इलाम सुल्बुङ–७ का गोविन्द साउदेन, सुनसरी इटहरीका विनेता राई र पर्सा वीरगंज उपमहानगरपालिका–१९ निवासी ३५ वर्षीय रहिम मियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साउदेन र राई बिग्रेको बसको पछाडि उभिएका थिए । तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा दुवैको च्याप्पिएर मृत्यु भएको हो । मियाँको भने ट्रकमा च्यप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसचालक झापा अर्जुनधाराका राजेन्द्र खतिवडा यात्रु नुवाकोट विदुर नपा–१३ निवासी दावा तामाङ, र उदयपुर कटारी–१ का दिपक अधिकारी घाइते भएका छन् । चालक खतिवडाको विर्तामोड, तामाङको बीएण्डबी ललितपुर र अधिकारीको लालबन्दीमा उपचार जारी छ ।

प्रकाशित समय ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु