गृहपृष्ठ भरतपुर अस्पतालमा सुविधासम्पन्न बिरामी कुरुवा घर बनाइने
भरतपुर अस्पतालमा सुविधासम्पन्न बिरामी कुरुवा घर बनाइने
फायल तस्बिर
चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ ।
अस्पतालको करिब पाँच कठ्ठा जग्गामा सभाकक्षसहितको अत्यधुनिक कुरुवा घर बन्ने सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेले जानकारी दिए । उक्त आयोजनाको चौँथो चरणअन्तर्गत छ करोडको लागतमा दुई वर्षभित्र सो भवन निर्माण गर्ने गरी रविना–जोशी–फूलजोर जेभीसँग निर्माण सम्झौता गरिएको छ ।
कुरुवा घरमा ५० शैया रहनेछन् । कुरुवा घरभित्र रेष्टुरेण्ट, पार्किङ, सभाहलसमेत हुने घिमिरेले जानकारी दिए । अस्पताल भवन साँघुरो हुँदा बिरामीका कुरुवा यत्रतत्र अलपत्र बस्दै आएका थिए । ६ सय शैयाको सो अस्पतालमा दैनिक करीब एक हजार बिरामी स्वास्थ्य जाँच गराउन पुग्ने गरेकोमा ४५० बिरामी भर्ना हुने गरेको अस्पतालले जनाएको छ ।
प्रकाशित समय ११:४४ बजे

















