गृहपृष्ठ धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

hatya-newskarobar

कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुई समूहबीच भएको झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा गोदावरी नगरपालिका–१ का १९ वर्षीय अरुण भट्टको मृत्यु भएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले अत्तरियामा चलिरहेको प्रादेशिक महोत्सव सकिएपछि घर फर्किने बेला भएको झडपका क्रममा धारिलो हतियार चलाउँदा भट्टको मृत्यु भएको बताए ।

झडपमा भट्ट समूहका थप तीन जना घाइते भएका छन् । घटनामा संलग्नहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ । तर, उनीहरुको नाम भने गोप्य राखिएको छ ।

प्रकाशित समय ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु