गृहपृष्ठ रामेछापको मच्छेडाँडीमा बस दुर्घटना, १३ जना घाइते

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना, १३ जना घाइते

durghatna2-newskarobar

आइतबार रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १३ जना घाइते भएका छन् । ओखलढुंगाको घोराखरीबाट काठमाडौंको लागि छुटेको बा ४ ख ४२१० नम्बरको अरनिको बस रामेछापको मन्थली नगरपालिकाको मच्छेडाँडी नजिकै दुर्घटनाग्रस्ट भएको थियो ।

जिल्ला प्रहरी कार्यलय रामेछापले दिएको जानकारी अनुसार आइतबार बिहान उक्त दुर्घटना भएको हो । रामेछापका प्रहरी नायब उपरीक्षक (डिएसपी) अमरेन्द्र बहादुर सिंहले दिएको जानकारी अनुसार घाइतेको रामेछापकै तामाकोशी अस्पतालमा उपचार भइरहेको छ ।

डिएसपी सिंहले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

प्रकाशित समय १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु