गृहपृष्ठ ३३ किलो सुन प्रकरण : दुबईमा समातिए खड्का
३३ किलो सुन प्रकरण : दुबईमा समातिए खड्का
बहुचर्चित ३३ किलो सुन प्रकरणमा सर्वाधिक खोजीमा रहेका अभियुक्त हरि खड्का दुबईमा पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अभियुक्त खड्कालाई केही दिन पहिले दुबई प्रहरीले पक्राउ गरेको हो ।
सुन काण्डमा मुछिएका काभ्रेका ४० वर्षिया खड्का दुई वर्षयता दुबईमा बस्दै आएका थिए। नेपाल प्रहरीले उनीविरूद्ध रेड नोटिस जारी गरेको थियो । खड्कालाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सुनकाण्ड अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितका अनुसार उनले गोरे (चुणामणि उप्रेती)सँग मिलेर युएइबाट सुन तस्करीमा सहयोग गर्दै आएका थिए ।
प्रकाशित समय १५:०४ बजे

















