गृहपृष्ठ सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्षले दिए राजीनामा
सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्षले दिए राजीनामा
सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरूङले पदबाट राजीनामा दिएका छन् । गुरूङसहित सदय लीला उदासीले पनि पदबाट राजीनामा दिएकी छन् ।
अध्यक्ष गुरूङ र सजस्य उदासीले यही माग २७ गतेदेखि लागु हुनेगरी पदबाट राजीनामा दिएको स्रोतले बतायो ।
दश वर्षे शसस्त्र द्वन्द्वका समयमा भएका घटनाको छानबिनका लागि बेपत्ता छानबिन आयोगसँगै यो आयोगको गठन २०७१ माघमा भएको थियो । आयोगको मयाद यही २६ गते समाप्त हुँदैछ । म्याद सकिनु तीन दिन पहिले अध्यक्ष र सदस्यले राजीनामा दिएका हुन् ।
प्रकाशित समय १५:२८ बजे

















