गृहपृष्ठ सिन्धुलीमा जन्ती सवार टिप्पर दुर्घटना, दुईको मृत्यु, ४० जना घाइते

सिन्धुलीमा जन्ती सवार टिप्पर दुर्घटना, दुईको मृत्यु, ४० जना घाइते

durghatna2-newskarobar

सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् ।

बुधबार बेलुकी रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना हुँदा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु