गृहपृष्ठ देशका अधिकांश स्थानमा माघे झरी, उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिमपहिरोको खतरा
देशका अधिकांश स्थानमा माघे झरी, उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिमपहिरोको खतरा
पश्चिमी वायुको प्रभावले देशभर गएरातिदेखि पानी परिरहेको छ ।
हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात र हिम पहिरो जाने खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । यस्तै पाहाडी क्षेत्रमा भारी वर्षा हुने भएकाले सजगता अपनाउन शाखाले आग्रह गरेको छ ।
महाशाखाले पहाडी क्षेत्रका स(साना खोलाहरूमा आकस्मिक बहाब प्रबाह हुनसक्ने समेत जनाएको छ । जल तथा मौसम पूर्वानुमान विभागले पश्चिमी वायुको प्रभावले अबको केही दिन देशभरि नै प्रभाव पर्ने र अधिकांश स्थानहरुमा हल्का देखी मध्ययम हिमपातर वर्षा हुने जनाएको छ ।
महाशाखाले जारी गरेको सूचनाअनुसार पश्चिमी भू–भागमा पूर्ण बदली हुनुका साथै मध्य भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीको सम्भावना छ ।
यो स्थिति शुक्रबार पनि कायम रहने विभागले जनाएको छ ।
प्रकाशित समय ०८:११ बजे

















