गृहपृष्ठ सडक विभागले आजबाट रिङरोडको सुरक्षा परीक्षण गर्ने

सडक विभागले आजबाट रिङरोडको सुरक्षा परीक्षण गर्ने

ring_road_newskarobar

चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसहितको विज्ञ टोलीले कोटेश्वर–कलंकी आठ लेन रिङरोड परीक्षण गर्ने भएको छ । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले भर्खरै निर्माण सकेर हस्तान्तरण गरेको आठ लेन रिङरोडमा प्राविधिक त्रुटि भएको टिप्पणी आइरहेका बेला सडक विभागले सुरक्षा परीक्षण (अडिट) गर्न लागेको हो ।

टोलीले त्रुटि सच्याउन तत्कालै गर्न सकिने र दीर्घकालमा गरिने उपाय सिफारिस गर्ने सडक विभाग, सुरक्षा तथा ट्राफिक इकाइ प्रमुख दीप बाराहीले जानकारी दिए । ‘लगभग साढे १० किलोमिटर लामो सडक निर्माणकै क्रममा डिजाइनमाथि प्रश्न उठेको थियो, अनुगमन गरी सच्याउन निर्देशन दिनेछौं,’ न्युज कारोबारसँग उनले भने ।

सहरको बीचको सडक द्रुतमार्गको ढाँचामा बनाइएको भन्दै इन्जिनियरहरूले आलोचना गरिरहेका छन् । सडक विभागका जिम्मेवार अधिकारीहरूले गत वर्ष नै त्रुटि स्वीकार्दै हस्तान्तरणपछि सच्याउने बताएका थिए । बनिनसक्दै ६ महिनामा रिङरोडमा १२ जनाले सडक दुर्घटनामा ज्यान गुमाएपछि त्रुटि तत्काल सच्याउन दबाब परेको छ । अध्ययन टोलीमा रिङरोड बनाउने चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनका प्रतिनिधि पनि हुनेछन् । सबै अध्ययन सकेर एक महिनाभित्र रिपोर्ट बुझाउने तयारी छ ।

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु