गृहपृष्ठ सुधारको माग गर्दै नागरिक समाजले गरे आँखा अस्पतालमा तालाबन्दी

सुधारको माग गर्दै नागरिक समाजले गरे आँखा अस्पतालमा तालाबन्दी

eye_hospital2_newskarobar

जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा तालाबन्दी भएको छ । नेपाल रेड्क्रस सोसाइटी जनकपुरले सञ्चालन गर्दै आएको आँखा अस्पतालमा सुधारको माग गर्दै नागरिक समाजका अगुवाहरुले तालाबन्दी गरेका हुन् ।

अस्पतालमा राजनीतिक दलमा आबद्ध व्यक्तिलाई कर्मचारी राखेको, अस्पतालमा कार्यरत चिकित्सकहरुले अस्पतालबाहिर निजी क्लिनिक चलाएको र अस्पतालमा शौचालयको सरसफाइ नभएर दुर्गन्धित भएको भन्दै नागरिक समाजले एक महिना पहिले नै सुधार गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।

eye_hospital_newskarobar

एक महिनाअघि नागरिक समाजका अगुवा र विभिन्न दलका प्रतिनिधिले सात दिन समय दिएर बुझाएको ११ बुँदे माग माग पूरा गर्नेबारे अस्पताल प्रशासन उदासीन रहेको निस्कर्षसहित नागरिक समाजले प्रशासन, लेखा र स्टोर शाखामा तालाबन्दी गरेको हो ।

अस्पतालमा इमर्जेन्सी, ओपिडी र अप्रेसन विभागमा बिरामीको सुविधाको लागि तालाबन्दी नगरेको नागरिक समाजका अगुवा रामविनोद चौधरीले जानकारी दिए । अस्पतालमा सुधार नहुन्जेलसम्म तालाबन्दी जारी रहने आन्दोलित नागरिक समाजले जनाएको छ ।

प्रकाशित समय १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु