गृहपृष्ठ लागु औषधसहित विराटनगरबाट २ जना पक्राउ
लागु औषधसहित विराटनगरबाट २ जना पक्राउ
फाइल तस्बिर
सुनसरीको इटहरी नगरपालिका–१२ खनार चोकबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् ।
मंगलवार बेलुका ७ बजेको समयमा प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले खनार चोकमा शंकास्पद तरिकाले हिडिरहेका इटहरी–१० का १८ वर्षिय सागर चौधरीलाई शंका लागि जाँच गर्दा प्रतिबन्धित लागु औषध नाइट्रोजन १० ट्याब्लेट बरामद गरेको थियो ।
यसैगरी राति साढे ९ बजे सोही स्थानबाट काठमाण्डांै कोटेश्वर घर बताउने २५ वर्षीय फुर्साङ तामाङ पनि १४ ट्याब्लेट फेनारागन, १७ ट्याब्लेट लुपीजेसीक र १६ ट्याब्लेट डाइजेपामसहित पक्राउ परेका छन् ।
लागु औषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखि थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित समय ११:३१ बजे

















