गृहपृष्ठ आगलागीबाट ११ लाखको क्षति
आगलागीबाट ११ लाखको क्षति
सांकेतिक तस्बिर ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बिचपानीमा भएको आगलागीमा ११ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
मंगलवार साँझ स्थानीय शिवनारायण श्रेष्ठको गाइगोठबाट सल्केको आगो छिमेकी गणेश कार्कीको १ तले कच्चीघरमा सल्किएको थियो । आगलागीले घरभित्रका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालयबाट पुगेको टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय ११:३७ बजे

















