गृहपृष्ठ प्रदेश स्थापना दिवसमा सडक सफाइ कार्यक्रम

प्रदेश स्थापना दिवसमा सडक सफाइ कार्यक्रम

sarsafai-newskarobar

प्रदेश स्थापना दिवसरका अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा सडक सरसफाइ कार्यक्रमको सुरुवात गरेका छन् । सरसफाइ अभियानको आरम्भ गर्दै उनले राजमार्गलाई सफा बनाउने यो अभियान सरकारी कामकाजलाई असर नपर्ने गरी निरन्तर चलिरहने बताए ।

राजमार्गबाट सुरु भएको सरसफाइ अभियानलाई प्रदेशभर चलाउने उद्घोष उनले गरे । बुटवलको पाखापानी मनकामना चोकदेखि तिनाउ पुलसम्मको सडक क्षेत्र सफाइ कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहितका जनप्रतिनिधि, प्रदेश सरकारका प्रमुख, सचिव, सचिवसहितका कर्मचारी, नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी बलका उच्च अधिकारी र स्थानीय बासिन्दाको समेत सहभागिता थियो । बिहान ७ बजे सुरु भएको सरसफाइ अभियान ९ बजे सकिएको थियो ।

त्यसैगरी, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले कोहलपुर, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीले बर्दियाको भुरीगाउँ, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले कपिलवस्तुको चन्दौटा, सामाजिक विकासमन्त्री सुदर्शन बरालले दाङको लमही र भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री आरती पौडेलले नवलपरासीको बर्दघाटबाट राजमार्ग सरसफाइ अभियानको आरम्भ गरेका थिए । राजमार्गलाई सफा बनाउँदै सडकको दायाँबायाँ आकर्षक लहरेदार फूलहरु रोप्ने योजना प्रदेश सरकारले बनाएको छ ।

प्रकाशित समय १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु