गृहपृष्ठ पाठकको नाम आयुक्तको सूचीबाट हटाइयो
पाठकको नाम आयुक्तको सूचीबाट हटाइयो
घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाअभियोग लगाउने तयारी गरेपछि पाठकले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका थिए ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिए । पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो सार्वजनिक भएको थियो ।
प्रकाशित समय १८:०४ बजे

















