गृहपृष्ठ गण्डकी : उत्साहजनक काम गर्यौं- सरकार, सन्तोषजनक भएन- प्रतिपक्षी

गण्डकी : उत्साहजनक काम गर्यौं- सरकार, सन्तोषजनक भएन- प्रतिपक्षी

gandaki_newskarobar

गण्डकी प्रदेश सरकारको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एक वर्षको अवधीमा भएका कामका सन्दर्भमा समीक्षा भएको छ । उक्त कार्यक्रममा सरकारले यो अवधीमा उल्लेख्य काम गरेको दावी गरिरहँदा प्रमुख प्रतिपक्षी दलले भने सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरेको छ ।

प्रदेश सरकारको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरूले मुलुकमा संघियताबाहेक अब कुनै विकल्प नभएको बताका छन् । केन्द्रीकृत शासन प्रणालीबाट जनतालाई घर घरमा सिंहदरबारको सुविधा दिने गरी संघियताको कार्यान्वयनमा गएसँगै केही संघियताविरोधी स्वरहरू मुखरित भए पनि उनीहरूले संघीयताको कार्यान्वयनबाहेक मुलुकमा अन्य विकल्प बाँकी नरहेको टिप्पणी गरेका छन् ।

प्रदेशप्रमुख बाबुराम कुँवरले विकासको लागि सबै एक हुनुपर्नेमा जोड दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रिक शासन प्रणालीमा कसैले कसैलाई दोष दिएर उम्कन नमिल्ने बताए । प्रदेश सरकारको प्रथम वार्षिकोत्सव समारोहमा प्रदेशप्रमुख कुँवरले एक वर्ष अघि शून्य अबस्थाबाट स्थापना भएको प्रदेश सरकारले गरेको कामप्रति बधाई दिए ।

सो अवसमा कुँवरले अब सरकार एक्सनमा जानु पर्नेमा जोड दिँदै संविधान राम्रोसँग अध्ययन गरी यसको कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । विधिको सासन र समृद्धिलाई घर घरमा पुराउने उद्देश्यले पहिलो पटक संघीयता लागू भएकाले जनताले अनुभूती गर्ने गरी विकासको गति तीव्र पार्नुपर्ने उल्लेख गरे ।

‘संविधानलाई शिरमा राखेर सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुहोस, नैरास्यता नभई विकासको बाटोमा लम्कनुहोस,’ उनले भने, ‘अब फर्कियर कता जाने ? हाम्रो बाटो आर्थिक विकास र समृद्दिकै हो ।’ तीन तहका सरकारबीच समन्वयमा विकासको गति अघि बढाउनुपर्ने उनको भनाइ छ ।

उक्त कार्यक्रममा मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेश सरकार गठनको एक वर्षमा उत्साहजनक रुपमा कानुन तथा निती निमार्ण गरेको दावी गरे । उनले प्रदेश सरकारले यो अवधीमा विकासका लागि आधार तयार पारेको जिकिर गरे । अन्तरिम सरकारले संघीय सरकारलाई श्रोत साधन तथा नीति निमयहरु समयमै उपलब्ध गराउन नसक्दा विकासको गति सुस्त हुन गएको उनको स्वीकारोक्ति थियो ।

सहकार्यको सिद्दान्तमा संघीयता आएको बताउदै गुरुङले एकताको लागि प्रदेश, मुख्यमन्त्री, स्थानीय सरकारबिच समेत प्रतिष्प्रर्धा हुने दावी गरे । ‘अब हामी एक अर्कोबीच समन्वय गर्दै आर्थिक विकास र समृद्धि हासिल गर्न खरो रुपमा प्रतिश्पर्धामा उत्रिनु पर्छ,’ उनले भने, ‘यसको विकल्प छैन ।’

संघीयता नेपालको पहिलो अनुभव भएको उल्लेख गर्दै उनले एक वर्षमा जनताले देखिँने ठ्याक्कै काम गर्न नसकेको तथा अलमलमा परे जस्तो देखिएको प्रष्टीकरण दिए । मुख्यमन्त्री गुरुङले एक वर्षमा गरिएको प्रगती विवरण सहितको भावी कार्यक्रमको समेत योजना बताए ।

उक्त कार्यक्रममा प्रदेशसभा गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले एक वर्षको अवधीमा भएका कामको समीक्षा गर्दै संविधानको मर्म अनुसार अघि बढ्नु पर्नेमा जोड दिए ।

प्रदेशस्थित प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले सरकारले जनतालाई शान्ति सुरक्षा दिन नसकेको, हत्या हिंसा, भ्रष्टचार, अपराधि गतिविधि बढेको दावी गरे ।

प्रकाशित समय १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु