गृहपृष्ठ प्रजातन्त्र दिवसमा सूचनामूलक सामग्री प्रशारण गर्न उपसमितिको आग्रह
प्रजातन्त्र दिवसमा सूचनामूलक सामग्री प्रशारण गर्न उपसमितिको आग्रह
सरकारले फागुन ७ गते ६९औं प्रजातन्त्र दिवसको दिन प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न देशभरका सरकारी तथा निजी सञ्चार माध्यामलाई आह्वान गरेको छ ।
प्रजातन्त्र दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार–प्रसार उपसमितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले फागुन ७ गते सरकारी तथा निजी सञ्चार माध्याम–एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवससम्बन्धि सूचनामूलक सामग्री प्रशारण गर्न आग्रह गरेको हो । उपसमितिले छापा माध्यमलाई प्रजातन्त्र दिवससँग सान्दर्भिक लेख, रचनालाई उच्च प्राथमिकता दिई प्रकाशन गर्न पनि आग्रह गरेको छ ।
रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने विशेष समारोहको प्रत्यक्ष प्रशारण गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए । गोरखापत्र दैनिकले भने प्रजातन्त्र दिवस विशेषांक निकाल्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिले आगामी फागुन ६, ७ र ८ गते देशभर तथा नेपाली कूटनीतिक नियोगहरुमा पनि प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
प्रकाशित समय १४:१६ बजे

















