गृहपृष्ठ लागु औषधसहित २ जना पक्राउ

लागु औषधसहित २ जना पक्राउ

pakrau-arrest-newskarobar

विराटनगर–१५ बाट लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान–१३ का २२ वर्षीय दिनेश रोक्का र धरान–१६ का गोविन्द मगरलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक १५ एम्पुल, डाईजेल्याव १५ एम्पुल र एभिल १५ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु