गृहपृष्ठ कटुवा पेस्तोलसहित जनकपुरधामबाट एक जना पक्राउ

कटुवा पेस्तोलसहित जनकपुरधामबाट एक जना पक्राउ

pakrau-arrest-newskarobar

जनकपुरधाम उपमहानगरपालिका– २० देवपुरा रुपैठाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

३२ वर्षीय ईसराफुल खानलाई शनिबार साँझ धनुषा प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो । सूराकीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले खानको घरमा तलासी गर्दा कटुवा पेस्तोल थान १ र सो पेस्तोलको गोली २ राउण्ड फेला पारेको थियो ।

यस्तै, प्रहरीले सिरहा गोलबजार नगरपालिका–५ असनपुरस्थित सार्वजनिक पोखरीबाट शनिबार दिउँसो एउटा कटुवा पेस्तोल बरामद गरेको छ । पेस्तोल कसले छाडेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु