गृहपृष्ठ छानबिन गर्न गठित कार्यदलको म्याद एक महिना थप
छानबिन गर्न गठित कार्यदलको म्याद एक महिना थप
३८ सय किलो सुन तस्करी प्रकरणमा तानिएका उच्च अदालतका मुख्यन्यायाधीशसहित १२ जना न्यायाधीशमाथि छानबिन गर्न गठित कार्यदलको म्याद एक महिना थप गरिएको छ । सुन तस्करीको आदेश गर्दा न्यायिक विचलन गरेको आरोप लागेका ती न्यायाधीशहरुमाथि थप अध्ययन गरी छानबिन गर्न न्याय परिषद्ले एक महिना म्याद थप गरेको हो ।
उच्च अदालतका मुख्यन्यायाधीशसहित ८ जना न्यायाधीशको आदेशका बारेमा थप अध्ययन गर्न आवश्यक देखिएकाले फागुन मसान्तसम्म कार्यदलको म्याद थप गरिएको न्याय परिषद्ले जानकारी दिएको छ । यसका साथै अदालतका ४ न्यायाधीशमाथि पनि छानबिनका लागि समिति गठन भएपछि कार्यदलको म्याद फागुन मसान्तसम्म कायम गरिएको परिषद्ले बताएको छ ।
परिषद्का सचिव देवेन्द्र ढकालले काजमा सर्वोच्चमा हाजिर भएका न्यायाधीशमाथिको अनुसन्धान समाप्त नभएकाले सर्वोच्च अदालतका न्यायाधीशको नेतृत्वमा गठन भएको छानबिन कार्यदलको म्याद थप भएको बताए । परिषद्ले विराटनगर उच्च अदालतबाट ३८ किलो सुन तस्करी प्रकरणमा न्यायिक विचलन देखिएको भन्दै मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ८ न्यायाधीश छानबिनमा तानिएका थिए ।
प्रकाशित समय २०:२१ बजे

















