गृहपृष्ठ धनुषामा ११ वर्षिय बालिका बलात्कार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ
धनुषामा ११ वर्षिय बालिका बलात्कार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ
धनुषामा ११ वर्षिय बालिका बलात्कार गरी हत्या गरेर शव जलाउने कार्यमा संलग्न भएको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ ।
मिथिला नगरपालिका वाडा नम्बर ३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षीय छोरी दितिया रसाइलीलाई गत बिहीबार राति छिमेकीको विवाहमा भोज खान गएकी बालिकालाई बलात्कार गर्दै हत्या गरी शव जलाएर फरार रहेको आरोपमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ बस्ने २२ वर्षका निरज जर्घा मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
गत बिहीबार राति दितिया रसाइली छिमेकी ईन्द्रथापा मगरकी छोरी मन्दिरा थापाको विवाहको क्रममा राति अबेर साँझसम्म चलेको नाचगानमा सहभागी भएका उनलाई चाउचाउ, फ्रुटी दिने लोभ देखाएर घरभन्दा ५ सय मिटरभित्र उखुवारीमा लगेर बलात्कार गर्दै घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष पक्राउ परेका निरज जर्घा मगरले स्वीकार गरेका छन् ।
यो पनि पढ्नुहोस् ।
दितिया हत्या प्रकरण : रहस्यमय बन्दै घटना, अनुसन्धान गर्दै प्रहरी
भोज तथा नाचगान कार्यक्रममा सहभागी भएकी दितियालाई मामा घर गएका निरज जर्घा मगरले मदिरा, गाजाँ तथा ड्रग्स सेवन गरी नजिकैको पसलबाट चाउचाउ, फ्रुटी खुवाउने लोभ देखाउँदै एकान्त उखुबारीमा लगेर बलात्कार गरे, त्यसपछि घाँटी थिचेर हत्या गर्दै प्रमाण लुकाउन उनले उखुबारीमै रहेको पराल उनको शरिरमा राखेर आगो लगाएको प्रहरी अनुसन्धानबाट खुल्नमा आएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिएका छन् ।
घटनापछि मामा घरमै रहेका निरज बालिकाको शव भेटेपछि फरार हुँदै आएका थिए, उनी भारत भाग्ने क्रममा धनुषाको विदेह नगरपालिकाका दुहबीबाट फागुन ६ सोमबार प्रहरीले पक्राउ गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ ।
आरोपित मगरमाथि विभिन्न घटनामा सलग्न रहेको प्रमाण समेत प्रहरीले फेला पारेको छ । यसअघि केटी जिस्काएको आरोपमा ईलाका प्रहरी कार्यालय ढल्केबर कारबाही गरेको, सार्वजनिक अपराध कसुरमा काठमाडौंको सेन्ट्रल जेलमा तीन महिना जेल सजाय समेत भुक्तान गरिसकेका छन् ।
प्रकाशित समय १६:५१ बजे

















