गृहपृष्ठ शिक्षिका प्रतिभा आचार्य सम्पर्कविहीन
शिक्षिका प्रतिभा आचार्य सम्पर्कविहीन
लम्की चुहा नगरपालिका वडा नम्बर १ मा रहेको आदर्श नमुना माध्यमिक विद्यालयकी शिक्षिका प्रतिभा आर्चाय सम्पर्कविहीन भएकी छन् ।
सोमबार दिउँसोदेखि शिक्षिका आचार्य सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यलय लम्किले पुष्टि गरेको छ । आफूले प्रयोग गर्ने मोबाइल, ब्याग विद्यालयमै छोडेर उनी हिजोदेखि सम्पर्कमा नभएको प्रहरीले बताएको छ ।
शिक्षिकाका आफन्तहरुले तत्काल खोजीको माग गर्दै मंगलबार लम्कीमा नाराबाजी समेत गरेका छन् ।
आचार्यको खोजीका लागि सबै ठाउँमा सूचना गरिसकीएको साथै घटनाको बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र जोशीले न्युजकारोबार लाई जानकारी दिएका छन् ।
प्रकाशित समय १७:३६ बजे

















