गृहपृष्ठ वीर अस्पतालमा लिफ्ट चुडिँदा दुईको मृत्यु
वीर अस्पतालमा लिफ्ट चुडिँदा दुईको मृत्यु
वीर अस्पतालमा लिफ्ट चुडिँदा दुईजनाको मृत्यु भएको छ । निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । घाइते एक जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लिफ्ट बिहीबार साँझ चुँडिएको हो ।
प्रकाशित समय १३:०६ बजे

















