गृहपृष्ठ पर्यावरणको क्षेत्रमा काम गर्ने सय जनालाई सम्मान गरिने

पर्यावरणको क्षेत्रमा काम गर्ने सय जनालाई सम्मान गरिने

paryabaran_samman

जनकपुरधाममा गान्धी पर्यावरण योद्धा सम्मानबाट नेपाल भारतका सय जना भन्दा बढी व्यक्ति सम्मानित हुने भएका छन् ।

भारतको पट्नामा निम पिपल तुलसी अभियानका अध्यक्ष डा. धर्मेन्द्र कुमार र नेपालका कमला बचाउ अभियान, सेभ द हिस्टोरिकल, गान्धी पिस फाउन्डेसन नेपाल, उज्ज्वल भारत मिसन र हिस्टोरी एण्ड हेरिटेज टुरिजमको आयोजनामा शनिबार जनकपुरधाममा उक्त सम्मान हुनेछ ।

उक्त कार्यक्रममा भारतका ६० जना र नेपालका ४० जनालाइ सम्मान गर्न लागेको आयोजक कमला बचाउ अभियानका विक्रम यादवले जानकारी दिएका छन् । वातावरण संरक्षण र हराभरा गर्न भारतको जयनगरबाट चिसापानीसम्म पद यात्रा गरिने बताइएको छ ।

प्रकाशित समय १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु