गृहपृष्ठ बेलायती रक्षा राज्यमन्त्रीलाई नेपाली भूमि फिर्ता गराउन ज्ञापनपत्र

बेलायती रक्षा राज्यमन्त्रीलाई नेपाली भूमि फिर्ता गराउन ज्ञापनपत्र

सुगौली सन्धीमा नेपालबाट बेलायतले खोसेको भूभाग फिर्ता गर्न माग राख्दै नेपाल भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङ्केस्टरलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्र बुझाएको छ । नेपाल अंग्रेज युद्धपछि भएको सुगौली सन्धीमार्फत नेपालबाट एक चौथाई भूभाग अंग्रेजले खोसेर भारतमा गाभेको थियो ।

सुगौली सन्धीमा नेपालबाट बेलायतले खोसेको भूभाग फिर्ता गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्र बुझाएको हो । मोर्चाले बेलायती दूतावासमा बुझाएको ३ बुँदे ज्ञापनपत्रमा भनिएको छ, ‘सुगौली सन्धीमा नेपालले गुमाएको जमीन फिर्ता लिने कुरा कुनै जटिल समस्या होइन, खाली बेलायतले यो हाम्रो दायित्व हो भन्ने बुझिदिनुपर्छ ।’

मेचीपूर्व टिस्टा नदिको नगरकट्टासम्म र महाकालीपश्चिम सतलज नदिसम्म तत्कालीन बेलायती उपनिवेशमा गाभिएको जमिन फिर्ता गर्न माग गरिएको हो । यद्यपि, बेलायतले उपनिवेश भंग गरेपछि उक्त भूभाग अहिले भारतको अधिनमा छ । विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘हाम्रो जमिन बेलायतले त्यो क्षेत्र छोडेपछि त्यतिबेलै स्वतन्त्र भयो कि भएन ? के बेलायतले त्यो नेपाली भूभाग भारतका हातमा छोडेर गएको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ?’

प्रकाशित समय २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु