गृहपृष्ठ आठ किलो चाँदीसहित कपिलवस्तुमा भारतीय नागरिक पक्राउ
आठ किलो चाँदीसहित कपिलवस्तुमा भारतीय नागरिक पक्राउ
आठ किलो चाँदीसहित कपिलवस्तुबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
उत्तर प्रदेश उस्काबजारका ७६ वर्षीय ओमप्रकाश बर्मालाई भारत जाँदै गर्दा तौलिहवाबाट आठ किलो चाँदीसहित पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाकारी दिएको छ । थप अनुसन्धानका लागि बर्मालाई राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
प्रकाशित समय ०९:३९ बजे

















