गृहपृष्ठ लुम्बिनीमा १ हजार १ सय १९ जना प्रव्रज्या हुँदै

लुम्बिनीमा १ हजार १ सय १९ जना प्रव्रज्या हुँदै

lumbini parbajja

नेपालका प्रथम संघमहानयक अग्मापणित भद्दन्त प्रज्ञानन्द महास्थविर भन्तेको ११९ औं जन्म जयन्तीको अवसरमा  गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा १ हजार १ सय १९ जनाले प्रव्रज्या धारणा गर्ने भएका छन् ।

आईतबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी शिविरको तयारी पूरा भएको जनाएको हो । भन्ते क्रौनका अनुसार बौद्ध धर्माबालम्बीहरुले धारण गर्ने (गेरुबस्त्र) चिवर धारण गर्ने छन् । फागुन ११ र १२ गते नाम दर्ता गर्ने, १३ गते कपाल खैरने कार्यक्रम तय गरिएको छ ।

यस्तै लुम्बिनीमा १४ गते मुख्य भेला हुनेछ भने प्रब्रज्या(चिवरधारण गर्ने) दिन फागुन १७ गते हुने छ । यस्तै लुम्बिनीमा भिक्षाटन फागनु १८ गते हुनेछ ।

बौद्ध धर्मको प्रचार प्रसारको लागि आयोजना गरिएको उक्त शिविरमा नेपालका मात्रै नभएर विभिन्न देशबाट समेत सहभागीता हुने छन् । थावर भन्तेले मुख्य प्रव्रज्या प्रदान गर्ने कार्यक्रममा भारत, थाईल्याण्ड, लाओस तथा बर्माबाटसमेत आउने छन् ।

मुख्य दिनको कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन लुम्बिनी आउने कार्यक्रम तय गरिएको छ । यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।

फागुन २९ गते लुम्बिनीबाट फर्केने, यस्तै विभिन्न स्थानहरुमा भिक्षटान फागुन १८ गते  बुटवल, लुम्बिनी, पाल्पा, विभिन्न सहरहरुमा फागुन ३० गते भिक्षा टन काठमाडौं लगायतका स्थानहरुमा गरिने आयोजक संस्थाहरुले जानकारी दिएका छन् । यस्तै महासंघदान चैत १ गते, शान्ती दिप प्रज्वलन चैत २ गते र कार्यक्रम समापन चैत ३ गते हुनेछ ।

यही फागुन ११ गतेदेखि चैत ३ गतेसम्म हुने नेपाली कुलपुत्रहरुको प्रव्रजित शिवरमा भाग लिन लुम्बिनीमा रहेको थाई विहारले आग्रह गरेको छ ।

 

के हो प्रव्रज्या ?

बौद्ध धर्म अनुसार प्रव्रज्या भनेको औपचारिक रुपमा बौद्ध धर्मण ग्रहण वा बुद्धका सन्देहशहरु  ग्रहण गर्ने भन्ने बुझीन्छ । औपचारिक रुपमा नै पुरुषले आफ्नो सिरको कपाल खौरिएर गुरु(भन्ते)बाट औपचारिक रुपमा नै बौद्धिष्टहरुले प्रयोग गर्ने गेरु रङ्गको बस्त्र(चिवर) धारणा गर्दछन् ।

चिवर धारणा गर्न भन्दा पहिला उनीहरुले सेतो रङ्गको कपडा लगाएका हुन्छन् । बुद्ध धर्माका नैतिक आचरण्णहरुको बारेमा जानकारी पाउनुको साथै प्रव्रज्यापश्चात कुनै पनि व्याक्तिले सधैभरी नै उक्त वस्त्र धारणा गर्न सक्दछ भने केही समयको लागि मात्रै पनि उक्त वस्त्र धारणा गर्न सक्ने जनाइएको छ ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु