गृहपृष्ठ मुसिकोटमा बस दुर्घटना, ८ जना घाइते

मुसिकोटमा बस दुर्घटना, ८ जना घाइते

durghatna2-newskarobar

पश्चिम रुकुमको मुसिकोटमा यात्रुवाहक बस दुुर्घटना भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौंका लागि छुटेको ना५ख ५३८५ नम्बरको बस पश्चिम रुकुमको मुसीकोटस्थित सेरिगाउँमा दुर्घटना भएको हो । घाइतेमध्ये सिस्ने गाउँपालिका–५ की इश्वरकुमारी बोहरालाई गहिरो चोट लागेको छ । बोहरालाई स्थानिय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज पठाइएको छ ।

बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भीक अध्ययन छ ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु