गृहपृष्ठ बुटवलमा फेन्सी पसल जल्दा एक करोडको क्षति

बुटवलमा फेन्सी पसल जल्दा एक करोडको क्षति

Fire-Aagolagi_newskaronbar सांकेतिक तस्बिर

बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित शंकरप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करिब एक करोडको क्षति भएको छ । आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी पूर्णरुपले जलेर नष्ट भएको छ ।

राति करिब १० बजेदेखि लागेको आगो मध्यराति करिब १२:३० मा नियन्त्रणमा आएको थियो । शंकरप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको छ ।

फेन्सीका सञ्चालकले राति पसल बन्द गरेको केही समयपछि नै आगलागी सुरु भएको प्रहरीको अनुमान छ । पसलमा रहेको विद्युत् लाइन सर्ट भएर आगलागी भएको जनाइएको छ ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु