गृहपृष्ठ युभेन्टसले बोलगानोलाई हरायो, रोनाल्डो भने गोल गर्नबाट चुके
युभेन्टसले बोलगानोलाई हरायो, रोनाल्डो भने गोल गर्नबाट चुके
क्रिस्टियानो रोनाल्डोले गोल गर्ने केही अवसर खेल फाले पनि इटालियन सिरीएमा युभेन्टसले बोलगानोविरूद्ध जित निकालेको छ । आइतबार राति भएको खेलमा बोलगानोलाई १–० गोल अन्तरले पराजित युभेन्टसले लिग तालिकामा ६९ अंकको अग्रता बनाएको हो ।
दोस्रो स्थानमा रहेको नापोलीको ५३ अंक छ । पराजित भएको बोलगानो अठारौं स्थानमा छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्टसका लागि पाउलो डिबालाले गरेको गोल नै निर्णायक भएको थियो । डिबालाले ६७औं मिनेटमा गोल गरेका थिए ।
प्रकाशित समय ०७:१६ बजे

















