गृहपृष्ठ गृहमन्त्रालयको  एकवर्षे कार्यप्रगती सार्वजनिक

गृहमन्त्रालयको  एकवर्षे कार्यप्रगती सार्वजनिक

निर्मला हत्याकाण्डबारे मौन

गृह मन्त्रालयले गृहप्रशासन सञ्चालनको एक वर्षको कार्यप्रगती विवरण सार्वजनिक गरेको छ । कार्यप्रगतीमा यस अवधीलाई सिकाईको साथै गृह प्रशासनको सुधार र विकासको दृष्टिकोणले आधार वर्षको रुपमा लिएको गृहले जनाएको छ ।

भ्रष्टाचारप्रतिको शून्य सहनशिलताको नीतिलाई व्यवहारमा ल्याइएको र गृह प्रशासनमा विगतदेखि जरो गाडेको प्रशासनिक विकृतीहरुको उल्लेख्य मात्रामा न्यूनिकरण भएको गृह मन्त्रालयले जारी गरेको कार्यप्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रगतीमा आन्तरिक सुरक्षा र अपराध नियन्त्रण, संगठित अपराध र तस्करी नियन्त्रण, अन्तर्राष्ट्रिय समन्वय तथा स्थानीय प्रशासन सम्बन्धी सुधार र भावी कार्यदिशा समेटिएको छ ।

२४ पेज लामो कार्यप्रगती विवरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को मन्तव्यदेखि गृह प्रशासनक सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य १० उपलब्धीहरु बुँदागत रुपमा समावेश गरिएको छ ।

बुँदा नम्बर ४ मा चर्चित ३३ किलो सुनकाण्डको विषयलाई समेटिएको छ भने निर्मला पन्तको बलात्कारपछिको हत्या भएको घटनालाई कार्यप्रगतीमा समेटिएको छैन । कार्यप्रगती विवरणमा ‘अवैध सुन तस्करी र संगठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता प्राप्त भएको छ । सुन तस्करीमा संलग्न ७५ जना प्रतिवादीमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरुको चल/अचल सम्पत्ति रोक्का गरिएको’ उल्लेख छ ।

यस्तै, शान्ति सुरक्षा र अपराध नियन्त्रण, संगठित अपराध र तस्करी नियन्त्रण, सार्वजनिक सुव्यवस्था, ट्राफिक व्यवस्थापन र पूर्वाधार विकास सहजीकरण, विपद्पछिको खोज तथा उद्धार, कारागार सुधार, अध्यागमन तथा सीमा व्यवस्थामा सुधार, राष्ट्रिय परिचयपत्र व्यवस्थापन, लागुऔषध नियन्त्रण, शान्ति प्रवर्द्धन तथा राहत वितरण, ऐन कानुन तर्जुमा, संगठन संरचना, जनशक्ति व्यवस्थापन र शासकीय सुधार, अन्तर्राष्ट्रिय समन्वय तथा स्थानीय प्रशासन सम्बन्धी सुधार र भावी कार्यदिसा समेटिएको छ ।

प्रकाशित समय २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु